जब माछा खोज्दा अजिङ्गर भेटियो

झापा– झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार आज स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।